ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१६३०.६७ विन्दुमा नेप्से, १ अर्बभन्दा बढीको शेयर खरीदविक्री (१ बजेको अपडेट )

२०७७ कार्तिक, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार भएको दुई घण्टाको अवधिमा २४ दशमलव ४२ अंक बढेर १ हजार ६३० दशमलव ६७ विन्दुमा पुगेको छ ।  उक्त अवधिमा १७६ ओटा कम्पनीको रू. १ अर्ब ११ करोड ७६ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ भने सर्वाधिक  कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । बैंकको रू. ११ करोड १३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये जलविद्युत् कम्पनीको परिसूचक शून्य दशमलव ५३ प्रतिशत, निर्जीबन बीमा समुहको शून्य दशमलव १ प्रतिशत र उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेको छ । 

सबैभन्दा बढी बैंकिङ समुहको परिसूचक ३ दशमलव शून्य २ प्रतिशत वृद्धि भएको छ । उक्त अवधिमा अधिकांश वाणिज्य बैंकहरुको शेयर मूल्य बढेको छ ।  वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्न लागेसँगै लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्