ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१६३२.७६ विन्दुमा नेप्से, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार( २ बजेको अपडेट)

२०७७ कार्तिक, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं ।  बुधवार कोरोबार भएको तीन घण्टाको अवधिमा नेप्से २६ दशमलव ५१ अंक बढेर १ हजार ६३२ दशमलव ७२ विन्दुमा पुगेको छ । 

उक्त अवधिमा सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको सो अवधिमा रू.१४ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक कारोबार गर्ने टपटेनमा बाणिज्य बैंक रहेका छन् । 

उक्त अवधिमा १८२ ओटा कम्पनीको रू. १ अर्ब ७४ करोड ८८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । नेपाल फाइनान्सको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये व्यापार समुहको शून्य दशमलव ८६ प्रतिशत, जलविद्युत् कम्पनीको शून्य दशमलव ३९ प्रतिशत उत्पादन तथा प्रशोधन समुहको शून्य दशमवल २६ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ समुहको परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्