ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३२ ओटा सरकारी कम्पनी विक्री गर्ने तयारीमा उज्वेकिस्तान

२०७७ कार्तिक, १२  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १२, तास्कन्द(उज्वेकिस्तान) । मध्य एशियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई विक्री गर्ने घोषणा गरेको छ ।     
     
उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई विक्री गर्नेसम्बन्धी एक आदेशमा बुधवार हस्ताक्षर गरेका छन् ।    राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।     
     
निजी क्षेत्रलाई विक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ ओटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ ओटा सम्पत्ति पनि विक्री गरिने छ ।

उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० ओटा कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानून मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।     
     
सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ । सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ । रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्