ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बडादसैंपछि खुलेको बजारमा नेप्से ४१.२० अंक बढ्यो, बैंकिङ समुहको परिसूचक ४.२७ % वृद्धि 

२०७७ कार्तिक, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । बडादसैंको सार्वजनिक बिदापछि बुधवार खुलेको नेप्से ४१ दशमलव २० अंकले बढेर १ हजार ६४७ दशमलव ४५ विन्दुमा पुगेको छ । 

बुधवारको कारोबार दिनमा १८८ ओटा कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता शेयर कारोबार भएको छ । बुधवार ४२ हजार ६१८ पटकमा रू. २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये व्यापार समुहको परिसूचक शून्य दशमलव ८ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेसँगै नेप्से बढेको हो । सबैभन्दा बढी बैंकिङ समुहको परिसूचक ४ दशमलव २७ प्रतिशत वृद्धि भएको छ ।  

वाणिज्य बैंकहरुको शेयर मूल्य बढेसँगै उक्त समुहको परिसूचक पनि बढेको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आर्कषण यसतर्फ बढेको देखिन्छ । सोही कारण बुधवार अधिकांश वाणिज्य बैंकहरुको शेयर मूल्य बढेको पाइएको छ । 

प्राइम कमर्सियल बैंकको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत, सिटीजन्स बैंक इन्टरनेसनलको ९ दशमलव ५५ प्रतिशत र प्रभु बैंकको शेयर मूल्य ८ दशमलव ५० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै सर्वाधिक कारोबार गर्नेमा पनि वाणिज्य बैंकहरु रहेका छन् । सर्वाधिक कारोबार गर्नेमा पहिलोमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त कम्पनीको रू.२० करोड ६५ लाख ४४ हजार बराबरको शेयर खरीदविक्री भएको छ भने पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै अर्थात् ३ दशमलव ४७ प्रतिशतले घटेको छ । 

वाणिज्य बैंकहरुले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेकाले पनि बजार बढ्न थप टेवा पुगेको देखिन्छ ।  हालसम्ममा सात ओटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी बैंकहरु पनि लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् ।

 सोही कारण पनि लगानीकर्ताहरु राम्रो लाभांश पाउने अपेक्षा गर्दै शेयर खरीद गर्न लागेकाले बजार बढेको देखिन्छ । पछिल्लो समय ब्याजदर घटेकाले पनि यसको असर प्रत्यक्ष शेयर बजारमा परेको लगानीकर्ताहरु बताउँछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्