ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुग्यो

२०७७ कार्तिक, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । नेपालमा बुधवार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ जना पुगेको छ। 
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८८७ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३९ हजार ६४३ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ९ हजार २९५ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

विगत २४ घण्टामा कोरोना  संक्रमण पुष्टि भएकामध्येि ८४३ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६९६ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको अद्यावधिक तथ्यांकबारे प्रेस ब्रिफिङ गराउने कार्य दैनिक रुपमा नभई साताको दुई दिनमात्र गरिने बताए ।प्रवक्ता गौतमले अब आइतवार र बुधवार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्