ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरूले उठाए ३२ अर्बभन्दा बढी बीमा शुल्क

२०७७ कार्तिक, १३  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

कात्तिक १३, काठमाडौं  । चालू आर्थिक बर्ष २०७७/ ७७ को पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरुले रू. ३२ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेकाछन् । बीमा समितिबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १९ ओटा जीवनबीमा कम्पनी सञ्चालनमा रहेका छन् । समिक्षाअवधिमा ती कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । गत भदौसम्म उक्त जीवनबीमा कम्पनीहरुले रू.२० अर्ब ७८ करोड बीमाशुल्क संकलन गरेका थिए । त्यो अनुसार असोजमामात्र रू.  ११ अर्ब भन्दाबढी बीमाशुल्क संकलन भएको देखिन्छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठ महीनामा बीमाशुल्क संकलन प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । तर, असारदेखि लकडाउन खुकुलो भएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ ।

पहिलो त्रैमासमा सवैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले उक्त अवधिमा रू. ९ अर्ब १ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स (एलआईसी) नेपाल रहेको छ । समिक्षाअवधिमा उक्त कम्पनीले रू.५ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । 

तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले भने रू. ४ अर्ब ३५ करोड बीमाशुल्क उठाएको छ । 
 

हेर्नुहोस, कुन कम्पनीको कति बीमाशुल्क ?

१) नेपाल लाइफ : ९.०१ अर्ब 
२) एलआईसी नेपाल : ५.०५ अर्ब 
३) राष्ट्रिय बीमा संस्थान : ४.३५ अर्ब 
४) नेशनल लाइफ : २.८२ अर्ब 
५) युनियन लाइफ : १.५२अर्ब 
६) एशियन लाइफ : १.४७अर्ब 
७) मेट लाइफ : १.२२अर्ब 
८) प्राइमलाइफ : १.६अर्ब
९) गुराँस लाइफ : ०.९७अर्ब 
१०) सूर्या लाइफ :  ०. ८५ अर्ब 
११) सिटिजन लाइफ : ०.६३ अर्ब 
१२) रिलायबल लाइफ : ०.५४अर्ब
१३) आइएमई लाइफ : ०.५४ अर्ब 
१४) ज्योति लाइफ : ०.५४ अर्ब 
१५) रिलायन्स लाइफ : ०.४८अर्ब 
१६) सन नेपाल लाइफ : ०.४३ अर्ब 
१७) सानिमा लाइफ : ०.३५ अर्ब 
१८) प्रभु लाइफ : ०.२५अर्ब 
१९) महालक्ष्मी लाइफ : ०.२४ अर्ब 
स्रोत : बीमा समिति

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्