ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१ अर्ब ६८ करोडभन्दा बढीको शेयर कारोबार, शिवश्री हाइड्रोको सर्वाधिक शेयर खरदीविक्री (१ बजेको अपडेट )

२०७७ कार्तिक, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दोस्रो घण्टामा रू. १ अर्ब ६८ करोड ५२ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म १८५ ओटा कम्पनीको २३ हजार ४५९ पटकको व्यापारमा उक्त रकम बराबरको ५८ लाख ७५ हजार ६८१ कित्ता शेयर कारोबार भएको हो ।
दोस्रो घण्टामा नेप्से परिसूचक १ हजार ६४९ दशमलव ९७ विन्दुमा पुगेको छ ।

यो अवधिसम्म परिसूचक २ दशमलव ५२ अंकले बढेको हो । यस दिन १ हजार ६६१ दशमलव ६५ विन्दुदेखि खुलेको बजार १ हजार ६६३ दशमलव ४२ विन्दुसम्म पुगेको थियो ।

कारोबारको दोस्रो घण्टाको अवधिमा सर्वाधिक रकमको शिवश्री हाइड्रोको शेयर कारोबार भएको छ । उक्त कम्पनीको यो दिन १० प्रतिशत मूल्य बढेको छ । प्रतिकित्ता रू. १२० बाट खुला भएको मूल्य १० प्रतिशतले बढेर १३२ पुगेको हो ।

सोहि मूल्यसम्ममा कम्पनीको रू. ९ करोड २७ लाख २२ हजार बराबरको शेयर कारोबार भएको हो । दोस्रो घण्टाको कारोबार अवधिमा सर्वाधिक व्यापारिक समुहको परिसूचक १ दशमलव १ प्रतिशतले बढेको छ ।

उक्त अवधिमा होटल समुहको शून्य दशमलव ९१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३ प्रतिशत, वित्तको शून्य दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५६ प्रतिशत घटेको छ । यी वाहेक अन्य सात ओटा समुहको परिसूचक भने बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्