ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१६५०.७५ विन्दुमा नेप्से, २ अर्बभन्दा बढीको शेयर खरीदविक्री (२ बजेको अपडेट )

२०७७ कार्तिक, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १३, काठमाडौं । साताको अन्तिम दिन बिहीवार कारोबार भएको तीन घण्टाको अवधिमा ३ दशमलव २९ अंकले बढेर १ हजार ६५० दशमलव ७५ विन्दुमा पुगेको छ । 

उक्त अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब १७ करोड ८८ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा शिवश्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य रू. १२० मा खुला भएर रू. १३२ पुगेको छ ।  

त्यसैगरी सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ । उक्त कम्पनीको रू.१० करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये सबैभन्दा बढी व्यापार समुहको परिसूचक १ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समुहको परिसूचक शून्य दशमलव ९५ प्रतिशत घटेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्