ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ११.८४ % लाभांश दिने घोषणा

२०७७ कार्तिक, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको गत बिहीवार बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र  ४ दशमलव ८४ प्रतिशत  कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र  कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् । गत वर्ष कम्पनीले २२ दशमलव ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्