ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माउन्टेन इनर्जी नेपालद्वारा साधारण शेयर बाँडफाँटमा नपरेको रकम फिर्ता

२०७७ कार्तिक, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता शुक्रवारदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरेको बताएको हो ।

साथै  कम्पनीले आवेदकले उल्लेख गरेको खातामा रकमान्तर नभएमा  वा बैंकको नाम तथा खाता नं फारममा उल्लेख नगरेका आवेदकहरुको हकमा आफुले आवेदन बुझाएको सम्बन्धीत कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ । 

कम्पनीले साधारण शेयरको बाँडफाँट गत कात्तिक ६ गते गरेको थियो । कम्पनीले नुवाकोट जिल्लाको अतिप्रभावित क्षेत्रका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर गत भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म विक्री खुला गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्