ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

२०७७ कार्तिक, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कार्तिक १४, काठमाडौं । नेपाली बजारमा शुक्रवार पहेंलो धातु सनुको मूल्य अघिल्लो दिनको तुलनामा रू. २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९४ हजार ५००  र तेजावी सुनको मूल्य प्रतितोला रू.९४ हजारमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला रू.९४ हजार ७०० मा कारोबार भएको थियो ।

बिहीवार भने  सुनको मूल्य तोलामा रू.१ हजार घटेको थियो। चाँदीको मूल्य भने शुक्रवार रू. १ हजार १८० मा  कारोबार भइरहेको छ । सोही मूल्यमा अघिल्लो दिनपनि चाँदीको कारोबार भएको थियो ।

बडादसैं सकिएर  दिपावली नजिकिने  क्रम शुरु भएकाले सुनको मूल्यमा उतारचढाव आउन सक्ने  सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्