ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन 

२०७७ कार्तिक, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । असोज ३० गतेदेखि विक्रीमा आएको नागरिक लगानी कोषको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । 

 प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर कम्पनीले कात्तिक १४ गतेसम्मका लागि विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार ९७५ तोकिएकाले यसमा नघट्ने गरी बोलकबोल गर्नुपर्ने छ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्याङ्कनमा नसमेटिने कम्पनीले बताएको छ । 

यो शेयर खरीदमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो शेयर खरीद गर्ने लगानीकर्ता कम्पनीले विक्री गर्ने तयारी गरेको हकप्रदका लागि पनि योग्य हुने छन् ।

नागरिक लगानी कोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्