ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारी : विश्वभर कोरोना संक्रमिको संख्या ४ करोड ५० लाख नाघ्यो    

२०७७ कार्तिक, १४  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

कात्तिक १४, न्यूयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित भएकाहरुको संख्या ४ करोड ५० लाखभन्दा बढी पुगेको छ ।     
     
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी ४ करोड ५० लाख १८ हजार ३५४ जना संक्रमित भएका छन् ।     
     
कोरोनाका कारण विश्वभरी अहिलेसम्म ११ लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा बताइएको छ । संक्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौंमा फ्रान्स रहेका छन् ।     
     
अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना संक्रमित भएका छन् भने २ लाख ३४ हजार १७७ को मृत्यु भएको छ । त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना संक्रमित हुँदा १ लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले बताएको छ ।     
     
तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना संक्रमित र १ लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना संक्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ ।     
     
कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरुको संख्या ३ करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि संक्रमित अवस्थामै रहेका कुल १ करोड ११ लाख ७६ हजार ४२५ मध्ये १ करोड १० लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ । रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्