ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुग्यो

२०७७ कार्तिक, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । नेपालमा शुक्रवार थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शु्क्रवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९२० जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ३५७ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ३४ हजार ५३ ओटा पीसीआर परीक्षण भइसकेको छ । 

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार ५०८ जना, ललितपुर जिल्लामा २४९ जना र भक्तपुर जिल्लामा १३१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्