ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४९९१, ३३३ जनाको मृत्यु

२०७७ कार्तिक, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या हालसम्म ७४ हजार ९९१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हालसम्मको गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको समेत गरी हो । हालसम्म कोरोना संक्रमणका कारण हालसम्म काठमाडौं उपत्यकामा ३३३ जनाका मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।

त्यसैगरी ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८ हजार ५९९ जना रहेको छ । जसमध्ये ६ हजार १९६ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या भने हालसम्म २ हजार ३४५ रहेको छ ।

भक्तपुर जिल्लामा  भने ५ हजार ६५० जना संक्रमित  रहेका छन् जसमध्ये ४ हजार ४२२ जना निको भएका छन् । भक्तपुरमाा हालसम्म ६३ जनाको मृत्यु भएको छ ।  त्यसैगरी सक्रिय संक्रमितको संख्या भने १ हजार १६५ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्