ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हेटौंडामा धुलो दूध उत्पादन उद्योगको स्थापना गरिने        

२०७७ कार्तिक, १४  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

 कात्तिक १४, मकवानपुर । बाग्मती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका—१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ । 

सोही वडाको सिसौंघारीमा करीब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणको लागि बाग्मती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई निवेदन दर्ता गर्न अहिले सूचना प्रकाशित गरिसकिएको कृषि मन्त्रालयका प्रवक्ता डा शरण पाण्डेले बताए ।

उनका अनुसार, बाग्मती प्रदेश कृषि मन्त्रालयको तर्फबाट रू. ४५ करोड १२ लाखको लागतमा धुलो दूधको उत्पादन उद्योग स्थापना गर्न प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको छ ।

हेटौंडामा स्थापित हुने धुलो दूध उत्पादन उद्योगले आगामी आर्थिक वर्ष २०७८/ ७९ को आवभित्र दैनिक करीब ५ मेट्रिक टन धुलो दूधको उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रदेश दुग्ध विकास बोर्डले बताएको छ ।     

प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट र बाग्मती प्रदेशको चितवन र मकवानपुरका गरी ५ हजार ६५३ जना कृषकबाट दैनिक ६० हजार ५०० लिटर दूध सङ्कलन गरी सो उद्योगले खरीद गर्ने कृषि मन्त्रालयका प्रवक्ता डा पाण्डेले बताए ।

उनका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि प्रत्यक्ष/ अप्रत्यक्ष गरी करीब ८० जना सर्वसाधारणहरुले रोजगारी प्राप्त  गर्नेछन् । सो उद्योगले उत्पादन गर्ने दूधको प्याकिङ गरिएको दैनिक पाँच मेट्रिक टन धुलो दूधलाई सात ओटै प्रदेशको स्थानीय बजार, होटलहरु र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए  । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्