ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ हितग्राही खातामा

२०७७ कार्तिक, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १५, काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । 

उक्त कम्पनीको आईपीओ शुक्रवारदेखि लगानीकर्ताको खातामा जम्मा भएको  हो । उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार   जनाले १० किताको दरले प्राप्त गरेका थिए ।

कम्पनीले ‘एसजीआई’ स्टक कोड पाएको छ ।कम्पनीको आईपीओ हितग्राही खातामा जम्मा भएपनि धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कारोबार हुनेछ । यसै साताभित्र धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराउने तयारी कम्पनीले गरिरहेको छ ।

कम्पनीले  गत असोज २१ गतेदेखि रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको  थियो ।आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुगेको छ ।

उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू.२ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा मूल्य निर्धारण हुने हुदाँ कम्पनीको पहिलो कारोबार रू. ३०० माथिबाटै हुने देखिन्छ । 

यो पनि हेर्नुस् :

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्