ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकको १३.६० % लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन 

२०७७ कार्तिक, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १५, काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३ दशमलव ६० प्रतिशत लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते आइतवार अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांशसहित विविध प्रस्ताव पारित गर्न कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन कात्तिक १६ गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०७६/ ७७ का लागि १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । बोनसपछि यो पूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १८ हजार पुग्नेछ । 

कम्पनीले अम्रपालि ब्यांकेट बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले लाभांश बाहेक गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम सभाका लागि तय भएको छ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धी प्रक्रिया पुरा गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्