ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बञ्चरेडाँडा ल्याण्डफिल साइट एक महीना भित्र सञ्चालन गर्न मन्त्रीले दिए निर्देशन

२०७७ कार्तिक, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १५, काठमाडौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महीना भित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन
दिएका छन् ।

शुक्रवार बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए ।

हाल फोहोर बिसर्जन भइरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए ।पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिए ।

 सो अवसरमा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताए ।    

काठमाडौ र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ ओटा स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ ।  मन्त्रीसँगै मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनालीसहितको सहभागिता रहेको थियो ।

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल
बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प नभएको बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गिकरण नगरी बिसर्जन गर्दा २५ र वर्गिकरण गर्दा करीब १०० वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने  बताए । सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।

विभागले हालसम्म करीब रू. ४० करोड  खर्च गरिसकेको छ । पहिलो चरणमा रू.३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि रू.४६ करोड ५ लाख ९४ हजारको ठेक्का सम्झौता गरिसकेको छ ।  दैनिक १ हजार १०० मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा  काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करीब  ७०० मेट्रिक टन फोहर बिसर्जन भइरहेको छ ।  

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानी सहयोग नियोग (जाइका) ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि  बञ्चरेडाँडा दिर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी रू.१ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

सरकारले विसं २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर विसं २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशक अघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्