ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुग्यो

२०७७ कार्तिक, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १५, काठमाडौं । नेपालमा शनिवार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ३१ हजार २२२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९३७ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा २ हजार २६४ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ४१० जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ५८४ जना रहेका छन् ।

संस्थागत आईसोलेशनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै हालसम्म १४ लाख ४३ हजार ३४३ ओटा पीसीआर परीक्षण भइसकेको छ । 

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । उक्त मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार११३ जना, ललितपुर जिल्लामा १९५ जना र भक्तपुर जिल्लामा ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्