ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एप्पलले गुमायो एकैदिनमा १२० अर्ब डलर पूँजीकरण 

२०७७ कार्तिक, १५  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले एकै दिन १ खर्ब २० अर्ब डलरभन्दा धेरै गुमाएको छ । 

शुक्रवार कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५ दशमलव ६ प्रतिशतले घटेपछि सो स्तरमा बजार पूँजीकरण गुमेको हो । यद्यपि यो अहिले पनि १८ खर्ब ५० अर्ब डलरसहित अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी हो ।

अक्टोबरभरि भने एप्पलले ४ खर्ब ५० अर्ब डलर पूँजीकरण गुमाएको छ । सो अवधिमा कम्पनीको शेयर मूल्य १९ प्रतिशतले घटेको थियो ।

 कम्पनीको विक्री विश्लेषकहरुले अपेक्षा गरेभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएपछि शेयर मूल्य दबाबमा आएको थियो । सेप्टेम्बर २६ मा सकिएको त्रैमासमा कम्पनीको आम्दानी २७ अर्ब १० करोड डलर रहने अपेक्षा गरिएको थियो । यद्यपि सो अवधिको आम्दानी २६ अर्ब ४० करोड डलर मात्रै रह्यो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्