ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बालबालिकामा कोभिड–१९ विरोधी खोपको परीक्षण थाल्दै जे एण्ड जे 

२०७७ कार्तिक, १५  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १५, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एण्ड जोन्सन (जे एन्ड जे) ले कोभिड–१९ विरोधी खोप बालबालिकाहरुमा परीक्षण गर्ने भएको छ । 

कम्पनीले छिट्टै नै १२ वर्ष देखि १८ वर्ष उमेरका बालबालिकाहरु माझ परीक्षण गर्ने भएको हो । कम्पनीले सम्भव भएसम्म छिट्टै यस्तो गर्ने तर सुरक्षाको मामिलामा सावधानी अपनाउने कम्पनीका खोप अनुसन्धान वैज्ञानिक डा जेफ्री स्याडफले बताएका हुन् । 

उनले अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शन्स (सीडीसी)को खोप अभ्याससम्बन्धी सल्लाहकार समितिसँगको शुक्रवार भएको भर्चुअल बैठकमा यस्तो बताएका हुन् । 

सुरक्षा र अन्य तत्वका आधारमा कम्पनीले त्यसपछि साना बालबालिकाहरुमा समेत खोपको परीक्षण गर्ने योजना बनाएको स्याडफको भनाइ छ । 

यसको समयसीमा भने उनले उल्लेख गरेका छैनन् । परीक्षणमा बालबालिकाहरुलाई समावेश गर्नेबारे नियामक र साझेदारहरुसँग छलफल भइरहेको कम्पनीले एक विज्ञप्तिमा बताएको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्