ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

दुई देशका उच्च अधिकारीबीच हस्ताक्षरको तयारी

२०७७ कार्तिक, १८  
समाचार
Image Not Found
author avatar विजय दमासे

काठमाडौं । गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ ।

इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो ।

प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ ।

नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ ।

हस्पिटलबाहेक केयर गिभर, कृषि, होटेल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने गरी प्रोटोकल तयार गरिएको छ ।

इजरायलसँग भएको श्रम सम्झौताअनुसार प्रोटोकलमा रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परीक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम, ओरिन्टेशन शुल्क आपैm बुझाएर जानुपर्ने व्यवस्थालाई खुलाइएको छ ।

नेपालका तर्फबाट प्रोटोकल निर्माणमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुई देशबीच इजरायलमा कामदार पठाउनेबारे भएको सम्झौतालाई आधार मान्दै प्रोटोकल तयार गरिएको बताए । उनका अनुसार प्रोटोकलमा इजरायल सरकारका प्रतिनिधि र वैदेशिक रोजगार विभागका अधिकारीहरूबीच हस्ताक्षर हुनुपर्छ ।

‘तिहारलगत्तै दुई देशका अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ र कामदार पठाउने प्रक्रिया अघि बढ्नेछ,’ दाहालले आर्थिक अभियानसँग भने ।

उनका अनुसार इजरायलमा शुरुआती चरणमा ५ सय नेपाली कामदार पठाइनेछ । त्यसका लागि अहिले वैदेशिक रोजगार विभागले आन्तरिक रूपमा छुट्टै कार्यविधिसमेत बनाइरहेको छ ।

‘श्रम सम्झौता, प्रोटोकललाई कार्यान्वयन गर्न आन्तरिक कार्यविधि बनाइरहेका छौं, छिट्टै तयार हुनेछ,’ दाहालले भने । सरकारले गत असोजमा गरेको श्रम सम्झौतामा ४ वर्षको करारका लागि कामदार पठाउने गरी इजरायलसँग सहमति गरेको थियो ।

सम्झौतामा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेश मन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका थिए ।

सन् २०१५ मा पनि इजरायलसँग श्रम सम्झौता भएको थियो । त्यति बेला निकै कम नेपाली रोजगारीका लागि गएका थिए । सम्झौतामा ३ महीनाको केयर गिभर तालीम लिएका तथा नर्सहरूलाई लैजान सकिने उल्लेख थियो । तर, सम्झौता लामो समय कार्यान्वयन नै हुन सकेन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्