ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सम्झौताको म्याद सकिन लाग्दा पनि शैलुङले मल ल्याएन

२०७७ कार्तिक, १८  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । मल आयातको अनुभव नभएको कम्पनीलाई ठेक्का दिँदा सम्झौताको अवधि पूरा हुन लाग्दासमेत मल आउने संकेत देखापरेको छैन ।

३० हजार मेट्रिक टन युरिया मल आयात गर्न ठेक्का सम्झौता गरेको शैलुङ इन्टरप्राइजेजले म्याद सकिन लाग्दासमेत मल ल्याउन सकेको देखिँदैन ।

गत भदौमा २५ हजार मेट्रिक टन युरिया मल आयात गर्न ठेक्का सम्झौता गरी मल ल्याउन नसकेको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई दोस्रोपटक थप ३० हजार मेट्रिकटन युरिया मल आयात गर्न ठेक्का दिँदा धानमा मल हाल्न नपाएका किसानले गहुँखेतीका बेलामा समेत मल नपाउने अवस्था आउने देखिएको छ ।

ठेक्का सम्झौता सकिन करीब १ साताजति बाँकी छ । तर, शैलुङले हालसम्म पनि मल नल्याउँदा उसले पाएको दोस्रो ठेक्का पनि अलपत्र पर्ने सम्भावना बढ्दै गएको छ । शैलुङले गत असार १८ गते ३० हजार मेट्रिकटन युरिया मल आयातका लागि ठेक्का पाएको थियो । ठेक्का सम्झौता सकिन करीब १ साताजति बाँकी छ । तर, शैलुङले पहिलो ठेक्काअनुसार मल त ल्याउन हालसम्म पनि नसक्दा उसले पाएको दोस्रो ठेक्का पनि अलपत्र पर्ने सम्भावना बढ्दै गएको छ । शैलुङले गत असार १८ गते ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का पाएको थियो ।

ठेक्का पाएको १ सय १० दिन बितिसक्दा पनि उसले अहिलेसम्म मल ल्याउन सकेको छैन । यद्यपि यस अवधिभित्र सबै मल ल्याइसक्नुपर्ने सम्झौता भएको कृषि सामग्री कम्पनी लिमिटेडका विष्णु पोखरेलले जानकारी दिए ।

यसपटक पनि शैलुङले इन्टरप्राइजेजले मल ल्याउने सम्भावना टर्दै गएको उनले बताए । शैलुङले पहिलो र दोस्रो ठेक्का पाएको मितिमा धेरै समयको अन्तर नहुँदा कम्पनीको कमजोरी थाहा नभएकाले गलत कम्पनीलाई मल खरीदका लागि ठेक्का दिइएको उनको बुझाइ छ । राजनीतिक दबाबका आधारमा अनुभव नभएको कम्पनीलाई मल आयातको जिम्मा दिएको भनी आलोचना भएको थियो ।

सडक विस्तारको ठेक्कामा पनि समयअनुुसार काम नगरेको भनी आलोचना भइरहेको कम्पनीकै सहायक कम्पनीलाई राजनीतिक दबाबमा ठेक्का दिएको आरोप त्यति बेला लगाइएको थियो ।

पैंचो मल आयातको सम्भावना टर्दै
५० हजार मेट्रिक टन युरिया मल खरीदको ठेक्का पाएका २ कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टीपलले समयमा मल आपूर्ति गर्न नसक्दा सरकारले गहुँबालीका लागि बंगलादेश सरकारसँग उक्त परिमाणको युरिया मल पैंचोमा ल्याउने बताएको थियो ।

भदौ दोस्रो साता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीलाई टेलिफोन गरी मल पैँचो माग्नुभएको थियो । दुई देशका प्रधानमन्त्रीबीच मौखिक सम्झौता भएपश्चात् नेपालले मल आयातका लागि तयारी थालेको थियो । तर, मौखिक सहमति भएको २ महीना बितिसक्दा समेत सहमतिपत्र (एमओयू) को प्रक्रिया टुङ्गो लाग्न सकेको छैन ।

कृषि सामग्री कम्पनीले यसअघि नै बंगलादेशबाट आयात गर्न भन्दै ठेक्काको सबै प्रक्रिया पूरा गरिसकेको भए पनि हालसम्म दुई देशबीचको समझदारीपत्रमा हस्ताक्षर हुन नसक्दा प्रक्रिया नै अन्योलमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले सहमतिपत्र (एमओयू) को प्रक्रिया लम्बिएकाले मल आयातमा ढिलाइ भएको जानकारी दिए ।

हिउँदे बालीलाई पनि छैन मल
धान रोप्ने सिजनमा रासायनिक मलको चरम अभाव भोगेका किसानहरू यति बेला हिउँदेबाली लगाउने तयारीमा छन् । हिउँदे बाली लगाउने तयारीमा रहेका किसानहरूलाई मल पाउनै मुश्किल हुँदा कतिपय जिल्लाका किसानले रासायनिक मलविना नै तोरी छरेका छन् । बर्दियाको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालका अनुसार बर्दियाका करीब ५० प्रतिशतभन्दा बढी किसानहरूले मलविना नै तोरी छरेका छन् । मल नपाउँदा किसानहरूले बजार भाउभन्दा बढी मूल्यमा भारतीय बजारबाट ल्याइएको मल किन्न बाध्य भएको उनले बताए । यसरी किसानहरूले भारतीय बजारबाट ल्याइएको मल किन्दा एक बोरा युरिया किनेबापत एक बोरा सुपर भनिने नक्कली मल किन्नैपर्ने बाध्यता किसानलाई रहेको उनको भनाइ छ । त्यसैगरी प्रदेश १ का झापा, इलाम, पाँचथरलगायत जिल्लामा समेत हिउँदेबाली लगाउने तयारी भइरहेको भए पनि मल नपाउँदा किसानहरू चिन्तित भएको प्रदेश १ का खाद्य सुरक्षा महाशाखा प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्