ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोल ढलून् : लोडसेडिङ भागोस्

२०७७ कार्तिक, २४  
१० वर्ष अघि
NA

अघिल्लो साता राजधानीदेखि पश्चिमका धेरैवटा सहरमा बिजुली बलेको बल्यै ग¥यो । अफिसियल्ली दैनिक १२ घण्टा लोडसेडिङ घोषित देशमा यो के आश्चर्य भयो भनेर जनता छक्क परे । कतिपयलाई त नयाँ विद्युत् आयोजना बनेछ कि क्या हो भन्ने भ्रम पनि परेछ । तर यो सुखद आश्चर्य वास्तवमा प्राधिकरणले गरेको नभई प्रकृतिले पैदा गरिदिएको थियो । बिजुलीका हाकिमहरूले जस त लिने मौका मात्र पाएका थिए ।

भएछ के भने प्रकृतिको झन्झावातले ढल्केबरतिर दुई तीनवटा नेसनल ग्रिडका पोल भाग्यबस ढालिदिएछ । त्यसले गर्दा ढल्केउताको पूर्वी भेगमा बिजुली आपूर्ति ठप्प भयो । भारतबाट भिœयाइएको बिजुलीले नपुगेपछि त्यहाँ दैनिक १८ घण्टासम्म बत्ती निभेको निभ्यै ग¥यो । पाठकहरूलाई थाहा भएकै कुरा हो, देशको पूर्वमा ठूला उद्योग कलकारखाना धेरै भए पनि विद्युत् आयोजना भने एउटै छैनन् । त्यहाँ न कोसी बन्यो न अरुण । अहिले बिजुली निकालिरहेका कुलेखानी, मस्र्याङ्दी होस् या कालिगण्डकी सबै ढल्केबरबाट पश्चिमतिरै पर्छन् । अनि कहाँबाट पाओस् त पूर्वले बिजुली ⁄ पूर्वतिरका व्यापारीहरूले सरकारलाई थर्मलप्लान्ट ल्याउन दबाव दिइरहनाको एउटा अचुक रहस्य पनि यति बेलै खुल्यो ।

त्यसो भने पूर्वमा त्यतिका समय अन्धकार हुँदासमेत विद्युत् हाकिमहरूले किन समयमा पोल मर्मत गर्न जाँगर चलाएनन् त भन्ने प्रश्न उठ्न सक्छ । तर, प्राधिकरणका हाकिमहरूले बिजुली व्यवस्थापनमा पत्ता लगाएको नयाँ जुक्ति नै यही हो ।

वर्ष ५, अंक ३४, २०६७, वैशाख १३–१९ (तितोमीठोबाट)

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्