ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंक अटोमेसनमा जान ढिलाइ

२०७७ कार्तिक, २६  
१० वर्ष अघि
NA

मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर नेटवर्कमार्फत् नेपाल राष्ट्र बैंकमा जानकारी पठाउने सुविधा उपयोग गर्न थप समय लाग्ने भएको छ । रियल टाइम रिपोर्टिङ (कारोबार गर्नासाथै राष्ट्र बैंकमा जानकारी हुने) को प्रोटोकल निर्माण गर्न प्रस्तावित अहिलेसम्मकै सबैभन्दा आधुनिक प्रविधियुक्त जीएल (जेनरल लेजर) प्रणाली जडान गर्ने बैंकको योजना कार्यान्वयन हुन सकेको छैन । बैंकले गत चैत ३० गते ईओआई (एक्प्रेसन अफ इन्ट्रेस्ट) का लागि सूचना प्रकाशन गरेको थियो । प्रकाशन मितिले ४५ दिन कार्यदिन भित्रमा इच्छुक कम्पनीबाट निवेदन आइसक्नुपर्ने र यसपछि आएका निवेदनलाई मान्यता नदिने पनि उक्त सूचनामा उल्लेख छ । तर ३ हप्ता बितिसक्दा अहिलेसम्म एउटा पनि निवेदन नआएको राष्ट्र बैंक आईटी विभागका निर्देशक शिवराज श्रेष्ठले जानकारी दिएका छन् । अटोमेसन बैंकले आफ्नै बजेटबाट गर्न लागेको हो । यसका लागि जडान गर्ने भनिएको अत्याधुनिक जीएल सफ्टवेयर बनाउन कुनै पनि नेपाली कम्पनीहरू सक्षम नभएकाले अहिलेसम्म एउटा पनि निवेदन नआएको हुन सक्ने श्रेष्ठको भनाइ छ । सफ्टवेयर जडानका लागि ठेक्का पाउने कम्पनीले १२ महिनाभित्रमा राष्ट्र बैंकलाई जीएल प्रणाली हस्तान्तरण गर्नुपर्ने पनि ईओआईमा उल्लेख छ । ईओआई अन्तर्राष्ट्रिय कम्पनीहरूबाट समेत आह्वान गरिएको छ । तर नेपाली कम्पनीहरूले सफ्टवेयर बनाउनै नसक्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूको समेत यसमा अहिलेसम्म कुनै चासो नदेखिनुले राष्ट्र बैंक अटोमेसन प्रक्रिया भनिएकै समयमा सम्पन्न हुनसक्ने कुरामा शंका उत्पन्न भएको छ ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्