ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सूर्या लाइफ इन्स्योरेन्सद्वारा १०.५२ %  लाभांश वितरण गर्ने प्रस्ताव 

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६प्रतिश नगद  लाभांश गरेर कुल १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको साधारण सुभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्  । 

कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोडभन्दा बढी रहेको छ । 
५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू.२ अर्ब २६ करोडभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्