ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा स्पर्स लघुवित्तको नाफा ५८.९९% घट्यो

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको चालू आवको पहिलो त्रैमासमा नाफा घटेको छ । कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ दशमलव ९९ प्रतिशतले घटेको हो । 

बुधवार प्रकाशित वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ५५ लाख ७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू.२२ लाख ५८ हजारमा सिमित भएको हो । 

 चालू आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।  गत आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ६२ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ३ दशमलव १४ प्रतिशत पुगेको छ ।

 चुक्तापूँजी रू. ९ करोड ३७ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ५ करोड ५९ लाख सञ्चित गरेको छ । 
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७९ करोड ६८ लाख सापटि लिएर, रू. २३ करोड ९९ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ११ करोड ७८ लाख कर्जा प्रवाह गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६३, मूल्य आम्दानी अनुपात १०० दशमलव ९३ गुणा , तरलता अनुपात ४ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ६७ रहेको छ । 

उक्त कम्पनीले ग्लोबाल आइएमई लघुवित्तसँग प्राप्ति गर्ने सम्झौता गत असोज २० गते गरेको थियो ।प्राप्ति गर्ने सम्झौता गरेसँगै गत असोज २१ गतेदेखि कम्पनीको शेयर कारोबार दोश्रो बजारमा रोक्का रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्