ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१०.५२ % लाभांश वितरण गर्ने प्रस्ताव गरेको सूर्या लाइफ इन्स्योरेन्सको नाफा २८.९५ % वृद्धि

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालू आवको पहिलो त्रैमासमा २८ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले सो अवधिमा रू. १० करोड १६ लाख १० हजार नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७ करोड ८७ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनी रू. १२ करोड ८८ लाख आम्दानी गर्न सफल भएको छ । 

कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड ५९ लाख रहेको छ । यहि पूँजीबाट कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ८५ करोड ४ लाख १५ हजार बीमाशुल्क आर्जन गरेको छ ।

यो रकम गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ५८ करोड ४ लाख १ हजार बीमाुशल्क आर्जन गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८६, मूल्य आम्दानी अनुपात ३१ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू.१३२ दशमलव ७८ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्