ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से बढ्ने क्रम बुधवार पनि जारी, पहिलो घण्टामा ७.३५ अंक बढेको बजारमा ९० करोडभन्दा बढीको कारोबार 

२०७७ कार्तिक, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । यो साता पहिलो कारोबार दिनदेखिनै उकालो लागेको शेयर बजार बुधवार पनि बढीरहेको छ ।

यो दिन पहिलो घण्टाको कारोबार अवधिसम्म ७ दशमलव ३५ अंक बढेर नेप्से परिसूचक १ हजार ६८६ दशमलव १३ विन्दुमा पुगेको हो । पहिलो घण्टामा १७६ ओटा कम्पनीको ८ हजार ५५२ पटकको व्यापारमा रू. ९० करोड ४१ लाख ९७ हजार बराबरको १९ लाख ६३ हजार २५१ कित्ता शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्ममा अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । पहिलो घण्टामा उक्त कम्पनीको रू. ८ करोड २ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीले बुधवारनै चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो वर्ष रू. १० करोडभन्दा बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको शेयर कारोबार बढेको हो ।

बुधवार साल्ट ट्रेडिङ कर्पोरेशन र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ । साल्ट ट्रेड्रि कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले र सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८२ प्रतिशतले शेयरमूल्य बढको हो ।

पहिलो घण्टाको कारोबारमा १२  ओटा  समुहमध्ये होटलको १ दशमलव २७ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य ३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५५ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी समुहको बढेको छ । उक्त अवधिसम्म व्यापारिक समुहको सर्वाधिक ८ दशमलव ९४ प्रतिशतले परिसूचक बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्