ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा हिमालयन उर्जा विकास कम्पनीको नाफा ९१ % घट्यो

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं ।  हिमालयन उर्जा विकास कम्पनीको चालू आवको पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९१ दशमलव २२ प्रतिशतले नाफा घटेको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० लाख ६० हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ९३ हजार १०४ मा सीमित भएको हो । कम्पनीले हालसम्ममा विद्युत् उत्पादन शुरु नगरेकाले र अन्य स्रोतको आम्दानी घटेकाले नाफा घटेको देखिन्छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले अन्य स्रोतमार्फत रू. १८ लाख ५९ हजार  आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. १ लाख ९१ हजारमा सीमित भएको हो । चुक्तापूँजी रू. ९९ करोड रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. ८१ लाख ५५ हजार ऋणात्मक रहेको छ । 

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ११ पैसा रहेकोमा चालू आवको पहिलो त्रैमासमा एक पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव १८ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्