ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा नेप्से १६९४.८१ विन्दुमा, १ अर्ब ८६ करोडभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ कार्तिक, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । बुधवार नेप्से कारोबार भएको दुई घण्टाको अवधिमा  १६ अंक बढेर १ हजार ६९४ दशमलव ८१ विन्दुमा पुगेको छ । 

उक्त अवधिसम्ममा १९०  ओटा कम्पनीको रू. १ अर्ब ८६ करोड ७१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । 

दुई घण्टाको कारोबार अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको  छ ।  दोस्रोमा बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार गर्नेमा नेपाल टेलिकम रहेको छ । उक्त कम्पनीको रू. ११ करोड १८ लाख ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल समुहको परिसूचक १ दशमलव १५ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ३ प्रतिशत, वित्त समुहको शून्य दशमलव २६ प्रतिशत र लघुवित्त समुहको परिसूचक शून्य दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेको छ । साल्ट ट्रेडिङ र बिशाल बजार कम्पनीको शेयर मूल्य बढेसँगै ब्यापार समुहको परिसूचक ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्