ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६ , काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीले ८ दशमलव १३ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५८ हजार कित्ता शेयर बुधवार नेप्सेमा सूचीकृत गरेको हो । यो शेयर बिहीबारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को लागि यो बोनस शेयर वितरणको प्रस्ताव गत असार २४ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । 

उक्त सभाले बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांशसमेत पारित गरेको थियो । यसर्थ यो बोनस शेयर प्राप्त गर्न लगानीकर्ताहरुले कर वापतको रकम जम्मा गर्नुपर्ने छैन ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्