ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आयातित सामानको परिमाण बढेपछि रसुवा भन्सारको राजस्व असूलीमा क्रमिक सुधार

२०७७ कार्तिक, २६  
वाग्मती प्रदेश
Image Not Found

 कात्तिक २६, रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । 

कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले बताएको छ ।     

 आयातित सामानको परिमाण बढेसँगै चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करीब रू.१ अर्ब राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युतका उपकरणलगायत छन् । चिनियाँ व्यवसायीले दैनिक पाँच ओटा ठूलो ट्रेलरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ ।

दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले बताएको छ । सामान लाद्नका लागि ३३ जना मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७ जना चालकको व्यवस्था मिलाइएको छ ।     

 केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्को  भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ ।

रसुवागढी नाका पुनःसञ्चालनमा आएसँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्