ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३४ करोडभन्दा बढीको विद्युत् विक्री गरेको सानिमामाई हाइड्रोको नाफा २२ करोडभन्दा बढी 

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमामाई हाइड्रोपावर लिमिटेडले रू. ३४ करोड ६ लाख ६५ हजारको विद्युत् विक्री गरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३२ करोड ७७ लाख २३ हजारको विद्युत् विक्री गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले करीब ४ प्रतिशत बढी विद्युत् विक्री गरेको छ । 

कम्पनीले बुधवार प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार रू. २२ करोड ६३ लाख २ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले रू. २० करोड ३९ लाख ८३ हजार खुद नाफा गरेको थियो ।

नाफा गत वर्षभन्दा १० दशमलव ९४ प्रतिशत बढी भएको हो । १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. २ अर्ब ५५ करोड ३१ लाख पुर्‍याएको कम्पनीको जगेडा कोष रकम रू. ४५ लाख ५४ हजार रहेको छ ।

 गत वर्ष उक्त अवधिमा कम्पनीको जगेडा कोषमा रू. २ लाख ४१ हजार रहेको थियो । रिटर्न अनिङ् शिर्षमा कम्पनीले रू. ८७ करोड ८० लाख ५१ हजार छुट्याएको छ । यो शिर्षकमा गत वर्षभन्दा यस वर्ष १८ प्रतिशत बढी रकम छुट्याएको हो । गत वर्ष यो अवधिमा कम्पनीले रिटर्न अर्निङ् शिर्षकमा रू. ७३ करोड ९८ लाख ४६ हजार छुट्याएको थियो ।

गत वर्ष रू. ८ दशमलव ७९ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. ८ दशमलव ८६ र गत वर्ष रू. १३१ दशमलव ८९ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष रू. १३४ दशमलव ५७ रहेको छ । उक्त कम्पनीको वित्तीय परिसूचकहरु गत वर्षभन्दा यस वर्ष बढेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्