ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइसीएफसी फाइनान्सको नाफा ३ गुणा वृद्धि

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं ।  चालू आवको पहिलो त्रैमासमा आइसीएफसी फाइनान्स कम्पनीको नाफा तीन गुणा वृद्धि भएको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ५ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ३७ लाख २० हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा २०६ प्रतिशत वृद्धि भएको छ । 

वित्तीय विवरणमा उल्लेख भएअनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ३ करोड १ लाख ९२ हजार रहेको छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी भने पाँच प्रतिशतले कमि आएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० करोड ७९ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवकोृ पहिलो त्रैमासमा रू. १० करोड २० लाख ३१ हजारमा सीमित भएको हो । 

उक्त अवधिमा कम्पनीले रू. १३ अर्ब ४ करोड २१ लाख निक्षेप संकलन गरेर रू. ८ अर्ब४७ करोड ५० लाख कर्जा प्रवाह गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । 

गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ८६ रहेकोमा चालू आवको पहिलो त्रैमासमा बढेर रू.४४ दशमलव २२ पुगेको हो । मूल्य आम्दानी अनुपात ६ दशमलव शून्य २, तरलता अनुपात ३४ दशमलव ४०  प्रतिशत  र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ६९ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्