ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ महीना यताकै सबैभन्दा कम

२०७७ कार्तिक, २६  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २६, नयाँदिल्ली( भारत)  भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महीनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो ।     

यो बीचमा ५ लाखभन्दा धैरै मानिस सक्रिय संक्रमित अवस्थामा रहने गरेकोमा अहिले ५ लाखभन्दा कम भएको उक्त मन्त्रालयले बताएको छ ।  मन्त्रालयका अनुसार अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ४ लाख ९४ हजार ६५७ रहेको छ ।     

‘संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमितहरुको संख्यामा पनि कमी आएको छ’, स्वास्थ्य मन्त्रालयले भनेको छ ।     

भारतमा पछिल्लो २४ घण्टामा संक्रमति भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।     

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या १ लाख २७ हजार ५७१ पुगेको छ ।  रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्