ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा हिमालयन उर्जा विकास कम्पनीको नाफा ९१ % घट्यो

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं ।  हिमालयन उर्जा विकास कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९१ दशमलव २२ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० लाख ६० हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ९३ हजार १०४ मा सीमित भएको हो । 

हालसम्ममा विद्युत् उत्पादन शुरु नभएको र अन्य स्रोतको आम्दानीसमेत घटेकाले कम्पनीको नाफा घटेको देखिएको छ  । गत आवको पहिलो त्रैमासमा अन्य स्रोतमार्फत रू. १८ लाख ५९ हजार आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवको सोही अवधिमा रू. १ लाख ९१ हजारमा  सीमित भएको छ । 

चुक्तापूँजी रू. ९९ करोड रहेको कम्पनीको जगेडा कोष रू. ८१ लाख ५५ हजार ऋणात्मक रहेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ११ पैसा रहेकोमा चालू आवको पहिलो त्रैमासमा १ पैसा कायम भएको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव १८ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्