ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा लक्ष्मी लघुवित्तको नाफा घट्यो

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ७९ प्रतिशत कमि आएको छ ।  

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड १७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २ करोड ७७ लाखमा सीमित भएको हो । कम्पनीले चालू आवको पहिलो त्रैमासमा सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले नाफा घटेको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९८ लाख २५ हजार छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ४ करोड ३१ लाखभन्दा बढी छुट्याएको छ ।सोही कारण कम्पनीको सञ्चालन मुनाफा १२ प्रतिशतले घटेको हो । 

चुक्तापूँजी रू. २७ करोड ८३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २७ करोड १७ लाख सञ्चित गरेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ८४ करोड ७५ लाख सापटि लिएर, रू. १ अर्ब ६९करोड ७७ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब ७९ करोड ५९ लाख कर्जा प्रवाह गरेको छ ।

सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ८२, मूल्य आम्दानी अनुपात २७ दशमलव ६३, तरलता अनुपात ६ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९७ दशमलव ६५ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्