ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा गुडविल फाइनान्सको नाफा २.३९ गुणा वृद्धि

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा गुडविल फाइनान्स कम्पनीको नाफा २ दशमलव ३९ गुणा वृद्धि भएको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड २१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ९१ लाख पुगेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा १४३ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.४ करोड ५८ लाख रहेको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १६ प्रतिशतले कमि आएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७ करोड ४५ लाख ३३ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवका सोही अवधिमा रू. ६ करोड २१ लाख ४८ हजारमा सीमित भएको हो । 
चुक्तापूँजी रू. ८० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ३८ करोड ५८ लाख, रिटेन्ड अर्निङमा रू. ९ करोड ९९ लाख र शेयर प्रिमियममा रू. २४ लाख ७५ हजारभन्दा बढी सञ्चित गरेको छ ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू.८ अर्ब ६१करोड ८१ लाख निक्षेप संकलन गरेर रू. ६ अर्ब  ४१ करोड ६४ लाख कर्जा प्रवाह गरेको छ ।  
चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. ६ दशमलव शून्य ९ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १४ दशमलव ५८ पुगेको हो । कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव शून्य ३ र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव शून्य ३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्