ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा निर्धन लघुवित्त वित्तीय संस्था २७ करोड ९२ लाख नोक्सानीमा 

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले रू. २७ करोड ९२ लाख ८९ हजार नोक्सानी ब्यहोरेको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २१ करोड ६३ लाख ५५ हजार नाफा कमाएको थियो ।  

चालू आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ३० प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर १२ दशमलव ८९ प्रतिशत पुगेको हो । 

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा गत आवको पहिलो त्रैमासमा रू. ३ करोड २५ लाख छुट्याएको थियो भने चालू आवको सोही अवधिमा रू. ५३ करोड ६३ लाख छुट्याएको छ । यसले गर्दा कम्पनीको नाफामा असर पुगेको देखिन्छ ।  

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहको छ । कम्पनीले यसवर्षका लागि जगेडा कोषमा रू. २ अर्ब २७ करोड ४२ लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी पनि रू. १८ दशमलव ६२ ऋणात्मक रहेको छ ।

 त्यसैगरी तरलता अनुपात ८ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५१ दशमलव ६२ रहेको छ । कम्पनीले ७७ ओटै जिल्लामा १८१ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्