ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओ निष्कासन गर्ने तयरीमा रहेको  महिला लघुवित्तको नाफा ३.६४ गुणा वृद्धि

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको महिला लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ६४ गुणा वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासमा रू. ५४ लाख ६१ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड ९८ लाख ८५ हजार नाफा कमाएको छनाफा कमाएको छ ।

चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ५३ लाख ७४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले  नाफा बढेको हो ।  सो अवधिमा कम्पनीको सञ्चालन नाफा २१९ प्रतिशत  र खुद ब्याज आम्दानी १७४ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ भने जगेडा कोषमा रू. १४ करोड ७७ लाख ७९ लाख सञ्चित गरेको छ । कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरिसकेको बताएको छ ।कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्