ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२

२०७७ कार्तिक, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । नेपालमा बुधवार थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार १७४ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ७४ हजार २९५ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १०९ जना रहेका छन् भने  आईसोलेशनमा ३८ हजार ९१२ जना रहेका छन् । 

विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार २६१ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार  काठमाडौं जिल्लाका ९७६ जना, भक्तपुर जिल्लाका ८१ जना  र ललितपुर जिल्लाका २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्