ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै ज्योति लाइफको साधारण सभा सम्पन्न

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५/ ७६ को प्रतिवेदन पारित गर्दै आईपीओ जारी गर्ने प्रस्तावलाई समेत अन्तिम रुप दिएको छ ।

नयाँ कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गरी नियामक निकाय बीमा समितिबाट कारोबार सञ्चालनको अनुमति पाएको थियो ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्बको लागि रू. ६६ करोड बराबरको आईपीओ जारी गर्ने प्रस्ताव बुधवारको सभाले पारित गरेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।  

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ७ करोड २२ लाख २२ हजार खुद नाफा गरेको छ । यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ४६ करोड ५ लाख ३४ हजार छ । 

विसं २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीले पहिलो त्रैमाससम्म रू. ३ अर्ब ७३ करोड ७७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्