ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महामारीले विश्वको उत्पादनमा १२० खर्ब डलरको क्षति

२०७७ कार्तिक, २६  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २६, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वको आर्थिक उत्पादनमा आगामी वर्षको अन्त्यसम्ममा १२० खर्ब डलर बराबरको क्षति पुग्ने अनुमान गरिएको छ । 

स्वीस रिइन्स्योरेन्स कम्पनी स्वी रि ग्रुपले बुधवार यस्तो बताएको हो । यो भार बीमा कम्पनीका लागि बहन गर्न अति नै ठूलो भएको कम्पनीको भनाइ छ । बीमा कम्पनीहरुसँग निकै धेरै पूँजी भएको बेलामा संकटमा गएकोले अहिलेसम्म स्थितिको व्यवस्थापन सहज भइरहेको र यसको जोखिमबारे उद्योगलाई थाहा भएको स्विस रिका प्रमुख कार्यकारी क्रिष्टियन मुमेन्थेलरले बताएका छन् । 

गत वर्ष चीनको वुहानमा कोभिड–१९ देखिने बित्तिकै यो रोग विश्वभरी महामारी बनेर फैलिने देखेर कयौं कम्पनीहरुले शुरुमा नै हेजिङ गरिसकेका थिए । समग्र क्षपत ५० अर्ब डलर देखि ८० अर्ब डलरबीच रहेको र यो बीमा उद्योगले व्यवस्थापन गर्न सक्ने भएको उनी बताउँछन् । 

यसलाई  सन् २०१७ को प्राकृतिक विपद्को बेलामा भएको १ खर्ब ४० अर्ब डलरभन्दा धेरैको क्षतिसँग तुलना गर्न उनले भनेका छन् । यस वर्ष र आगामी वर्ष विश्वको उत्पादनमा १२० खर्ब डलर घाटा हुने अनुमान गरिएको र बीमा कम्पनीहरुको बासलात यसको सानो टुक्रा बराबर रहेकोले महामारी जस्तो जोखिमलाई विविधिकृत गर्न नसकिने र यसको बीमा पनि हुन नसक्नेमा मुमेन्थेलरले जोड दिएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्