ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगल्स डेमा अलिबाबाको अर्डरले छोयो कीर्तिमानी उचाई 

२०७७ कार्तिक, २६  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २६, पेचिङ (चीन) । चिनियाँ अनलाइन कम्पनी अलिबाको सिंगल्स डेको विक्री अभियानमा अर्डर दरले कीर्तिमानी उचाई छोएको छ । कम्पनीका अनुसार बुधवार कम्पनीमा प्रतिसेकेन्ड ५ लाख ८३ ओटासम्म अर्डर आएको छ । 

स्थानिय समयअनुसार बिहान १२ः३० मा अभियानको कुल व्यापार आयतन (जीएमभी) ३ खर्ब ७२ अर्ब ३० करोड युआन (५६ अर्ब ३० करोड डलर) नाघेको छ । कम्पनीले यस वर्षको सिंगल्स डेमा दुई ओटा मुख्य छूट अवधि ल्याएको छ । 

पहिलो अवधि नोभेम्बर १ देखि ३ सम्म चलेको थियो भने दोस्रो नोभेम्बर ११ मा । यस अघि कम्पनीले २४ घन्टाको मात्रै जीएमभीको हिसाब गर्ने गरेकोमा यस वर्ष भने ११ दिनको जीएमभी हिसाब गर्नेछ । 

यस वर्षको सिंगल्स डेमा कम्पनीले २० लाख भन्दा धेरै नयाँ प्रडक्टहरु ल्याएको बताइएको छ । यो गत वर्षको तुलनामा दोब्बर हो । गत वर्षको सिंगल्स डेमा कम्पनीको जीएमभी ३८ अर्ब ४० करोड थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्