ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

श्रम अदालत सक्रिय

२०७७ कार्तिक, २७  
१० वर्ष अघि
NA

श्रम अदालतले श्रमिकहरूका मुद्दामा फैसलामा सक्रियता बढाएको छ । गत आर्थिक वर्षबाट किनारा लगाउन बाँकी १२१ वटा मुद्दा सरिआएका थिए । यस वर्ष थप ५३ मुद्दा थपिए । यीमध्ये यस आवमा ९२ वटा मुद्दा फर्स्योट भएका छन् । साथै अदालतले दिने अधिकांश मुद्दाहरू व्यवस्थापन विरुद्ध परेका छन् । साथै, अदालतले दिने अधिकांश फैसला पनि श्रमिककै पक्षमा हुने गरेका छन् । अदालतले क्षेत्रगत आँकडा नराखेका कारण कुन कुन प्रतिष्ठान विरुद्ध मुद्दा परेका हुन्, अदालतबाट जानकारी उपब्ध हुन सकेन । तर यस वर्ष भने धेरै मुद्दाहरू क्यासिनोविरुद्ध परेको अदालतका रजिष्ट्रार कृत बहादुर केसीले अभियानलाई बताए ।

केही वर्षअघिसम्म ३÷४ सयका हाराहारीमा फस्र्योट गर्न बाँकी मुद्दाहरू रहने गर्थे । हाल आएर मुद्दाको संख्या घटेको अदालतले बताएको छ । अदालतमा जम्मा १४ जना कर्मचारीमा रहेकाले काम गर्न ढिलो भएको तथा म्याद तामेलका लागि श्रम मन्त्रालयका कर्मचारीहरूको सहयोग लिनुपर्ने हुनाले अझै सशक्त ढंगले काम गर्न कठिानाइ भएको उनले बताए । अदालती काम कारबाही कानुनी कार्यविधिअनुसार हुन्छ । तर, श्रम मन्त्रालयका कर्मचारीहरूलाई कानुनी प्रक्रिया थाहा नहुने कारणले पनि मुद्दाहरू फस्र्योट गर्न ढिला हुने गरेको देखिएको छ । कतिपय अवस्थामा श्रम विभागका प्राविधिकसमेतले मुद्दाको छिनोफानो गर्दा कानुनी अप्ठ्यारोसमेत परेको जानकारी पनि केसीले दिए ।

मुलुकभरका निजी उद्योग तथा सेवाप्रदायक प्रतिष्ठानका मुद्दाहरू श्रम अदालतले हेर्ने गर्छ । श्रमिक र व्यवस्थापनबीच सेवा तथा पारिश्रमिकसम्बधी मुद्दाहरूको चाप बढेपछि श्रम अदालत गठन भएको हो ।        

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्