ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंकको राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

२०७७ कार्तिक, २७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक (जर्मनी) सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

जर्मन सरकारको परियोजना ‘ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमई वित्त चरण २, नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ । सम्झौतापत्रमा मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युुमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका  थिए ।

सम्झौताअनुसार  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई २ लाखदेखि ४० लाखसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्