ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकार निजी क्षेत्रको मनोबल बढाउन तयार : अर्थमन्त्री पौडेल

२०७७ कार्तिक, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गरे । ‘त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक छ । प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योगहरु चलाई अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

उनले बजेटमा उल्लेख गरिएका राहत र पुनर्उत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताए ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या एवं कठिनाइ बुभ्mने र निजी क्षेत्रले सरकारको सीमा र भूमिका बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरे ।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव पेस गरिएको चेम्बरले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्