ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्व विज्ञान दिवस : युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह

२०७७ कार्तिक, २७  
वाग्मती प्रदेश
NA

ललितपुर । दक्षिण एशियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवस–२०२० का अवसरमा डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने बताइको हो ।

नेपाल र नेपाल बाहिरका विषयमा पनि अध्ययन र अनुसन्धान गर्ने संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज (जीआईआइएस) का निर्देशक डा. उत्तमबाबु श्रेष्ठले विज्ञानको सीमा निर्धारण नहुने भएकाले यस क्षेत्रमा युवा वैज्ञानिकको क्षमता बढाएर लैजानु उपयुक्त हुने मत राखे । मुलुकको पहिलो भूउपग्रह नेपालीस्याट–१ का निर्माता तथा जापानमा ‘बर्ड–३’ परियोजना प्रबन्धक इञ्जिनीयर आभास मास्केले देश विकासमा रिमोट र कम्युकेसन दुई थरीका स्याटेलाइट अझै भिœयाउन जरुरी रहेको औंल्याए ।

शिक्षाविद् तथा महिला वैज्ञानिक फोरम नेपाल (डब्ल्यूएसएफएन)का संयोजक प्रा.डा अञ्जना सिंहले २१औं शताब्दीमा मुलुकका महिलाको समग्र अवस्था माथि उठ्न नसकेको गुनासो गरे । विज्ञान पत्रकार छत्र कार्कीले विज्ञानको विकासका लागि वैज्ञानिक र सञ्चारकर्मीबीच सञ्चारको प्रक्रिया बढ्नुपर्ने भनाइ राखे ।

नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न नवीन कार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले मुलुकमा निर्माण भएका नयाँ–नयाँ प्रविधिलाई बढावा दिन नाष्टले नेशनल इन्नोभेसन डिजिटल नेटवर्क औजारको शुरुआत गरेको जानकारी गराए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्